top of page
Search
Writer's picturePrakritee Dahal

विवेकशीलता



पहाडको एउटा सानो गाउँमा परम्परा संस्कार अनुसार एउटा गरिब दलित परिवार बस्दथे।उनीहरूको जीवन निर्वाह गर्ने पेशा भनेकै अर्काको ढिकी जाँतो मेलापात,हली गोठालो गर्ने र फुर्सतको समयमा छिमेकीहरूको लुगाफाटा सिउने,थोत्रो थाम्रो लुगाहरू टालटुल गर्ने गर्दै दिनहरु गुजारा गरी आउने क्रममा उनीहरूको लक्ष्मीको रुपमा एक छोरीको जन्म हुन गयो र ती दम्पती साह्रै खुशी भए। अनि ति बालिका पनि शुक्लपक्षको चन्द्रमा झैँ सलसलि बढ्दै गइन र परम्परा संस्कार अनुसार पुरोहितले उनको नाम सुन्दरी राखिदिए। त्यसपछि उनका आमा बाबाले बनिबुतो गर्दै दुईचार पैसा कमाएर आउँदै छोरीको पालनपोषण गर्दै हुर्काउदै गर्न थाले अब छोरी पनि बढ्दै स्कूल जाने बेला कि भइन, उनका बाबाले त्यही गाउँमा भएको सानो प्राइमरी स्कुलमा भर्ना गराईदिए र उनी त्यही स्कुलमा पढ्न लागिन्। त्यो स्कुलमा कक्षा पाँच सम्मको मात्र पढाइ हुन्थ्यो ती सुन्दरीले त्यस स्कुलबाट स्कूल फस्ट गरी पास गरिन्। अब त्यहाँ नजिक हुँदै अरू कुनै ठुलो स्कुलहरू पनि थिएनन्, अन्यत्र स्कूलहरुमा लगेर पढाउन सक्ने उनीहरुको क्षमता पनि थिएन र छोरीलाई पढाउन नसकेकोमा चिन्तित थिए। उनीहरूको सन्तानको नाममा एक छोरी सुन्दरी मात्र थिइन्। ती जेजस्तो भए पनि दैनिक खान लाउन र अन्य परी आएका काम व्यवहार टार्नै पर्ने हुन्थ्यो त्यसैले उनीहरु तीनै पूर्ववत् कामहरु गर्दै दैनिकी चलाउँदै आएका थिए।

एकदिन त्यस घरमा बज्रपात पर्न गई हुने हार दैव नटार भन्ने उखान चरितार्थ हुन गयो सुन्दरीका बाबा बिरामि पनि केही थिएनन तर एक्कासी बेहोस भएर बेहोसी बाट नै उनको प्राण गयो। अब ती सुन्दरी पनि बाबा गुमाएर टुहुरी हुन पुगिन् उनको घरमा अब सुन्दरी र उनकी आमा दुईजनाको मात्र परिवार बाँकी रह्यो अब उनीपनि निकै ठुली भइसकेकी थिइन् र आमा संगेसंगे गाउँघरमा मेलापात जाने ,गाउँको गाउँलेहरूको काममा मद्दत गर्न थालिन् ।

जस्तो नाम उस्तै काम जस्तै हुन थालिन् ,शील स्वभाव पनि सुन्दर सुशील र शारीरिक सुन्दरता पनि अतिनै मिलेको बनावट भएकी थिइन् । त्यस घरमा खान लाउन र परिवारका कामहरु चलाउन समेत धौधौ पर्न थाल्यो। ती सुन्दरीका आमा छोरीहरु गाउँमा पनि काम नपाएर चिन्तित हुँदै बसिरहेका थिए । त्यसै समयमा दैव संयोगले भनौ या के भनौ एकजना मानिस उनीहरूको घरमा टुप्लुक्क आइपुगे र सुन्दरिकी आमाले नि त्यहाँ आएका मानिसलाई के कामबाट आउनुभएको ,कहाँ जान लाग्नु भएको पढाएका यहाँ हाम्रो घरमा के कति कामले पाल्नु भयो भनेर सोधीखोजी गर्न लागिन् । आउने मानिसले भने म पल्लो गाउँको स्कुलका हेडमास्टर हो, यहाँ आउँदा-आउँदै गर्दा सारै पानी प्यास लागेर यता निस्केको हो। कृपा गरेर मलाई पानी खान दिनुहोस् न भनेर पानी मागे । सुन्दरी पनि त्यतिखेर बाहिर निस्किन र उनकी आमाले भनिन , " हामी तल्लो जातको मान्छे हौं हजुर त यसो हेर्दा त उपल्लो जातको मानिसजस्तो देखिनु हुन्छ। त्यतिमात्र के भनेकी थिइन् ती मास्टार साहबले, " तपाई आमा जस्तो मान्छेले पनि यस्तो कुरा गर्ने हो " भने। हामी मानिस भनेका सबै एउटै भगवानका सन्तानहरु हौं । यहाँ कोइ ठूलो र कोही सानो हुँदैन यो त केवल कामको बाँडफाँड मात्र गरेको हो, हाम्रो घरमा पनि त परिवार भित्र कामको बाँडफाँड गरिन्छ नि त्यसो भएपछि कसले के कामको अधिकार पाएको छ उसले आफ्नो जिम्मेवारी मानेर आफूले पाएको काम जिम्मेवारीपूर्ण भएर त्यो काम गर्दछ । त्यसैले तपाई तल्लो जात र म उपल्लो जात भन्ने केही हुँदैन भनेर मास्टरले आफूले लगाएको घडीमा यसो हेर्दै भने, "मलाई स्कूल जान ढिला हुन लागेछ मलाई छिटो पानि दिनुहोस् न"। पानी मागेर पानी पिइ सकेपछि आमा र मास्टर को कुरा टोलाएर बसेर सुनिरहेकी सुनदरिलाइ देखाउँदै मास्टरले सोधे , " को हुन् यसरी टोलाएर बस्ने नानी?" यति भनिसकेपछि सुन्दरी कि आमाले भनिन्, "यो मेरो छोरी सन्तानको नाममा यही एउटी छोरी मात्र हो , यो एउटी छोरी जन्मिएपछि उसका बाबु पनि परलोक भए, दुईवटी आमाछोरी मात्रै छौँ , यसो दुःख सुख गरेर पेट मात्र पालिरहेका छौं, उसका बाबु छँदै यही गाउँको सानो प्राइमरी स्कूलमा पाँच कक्षासम्म पढाएका थियौं, त्यसपछि उनका बाबुको पनि स्वर्गको बास भयो र त्यस गाउँमा पनि ठूलो स्कुल छैन र ठूलो स्कुलमा पढाउन सक्ने हाम्रो क्षमता पनि छैन, त्यसैले छोरी सधै चिन्तामा परिरहन्छे "भनेर सुन्दरी कि आमाले बताइन्।

त्यति सुनेपछि मास्टरको मनमा साह्रै दया जाग्यो र उसले भन्यो, " म पल्ला गाउँको हाईस्कुलको मास्टर हु म तपाईंकी छोरीलाई त्यहाँ लगेर निशुल्क पढाई दिन्छु र किताब कापीको व्यवस्था पनि म निसुल्क नैमिलाइदिन्छु , पढ्ने कुराको अब कुनै चिन्ता लिनुपर्दैन ।" त्यसपछि मास्टर साहबले सुन्दरीलाई उनको स्कुलमा लिएर गएर सम्पूर्ण पढ्ने , कापी किताबको निःशुल्क व्यवस्था गरिदिए । मास्टर साहबको यस्ता गुन देखेर सुन्दरीले हिर्दय देखिनै धेरै धेरै धन्यवाद टक्र्याइन् र घर गएर आफ्नी आमालाई विद्यालयमा भएको सम्पूर्ण वृतान्त सुनाइन्। सुन्दरी कि आमा खुसीले गदगद भइन्। अब मेरी छोरीले पनि ठूलो स्कुलमा पढ्न पाउने भई भनेर सुन्दरीकि आमाले सुन्दरीको टाउको सुम्सुम्याउँदै भनिन् तेहि बेलामा मास्टर पनि टुप्लुक्क घरमा आइपुगे। सुन्दरी कि आमाले मास्टर साहबलाई नमस्कार टक्र्याइन् र भन्न थालिन् हामी जस्तो गरिब तथा दलितलाई हजुरले लगाएको यो गुण कसरी तिर्न सकौला भन्दै आँखाबाट आँसू खसालीन्।

त्यो सुनेपछि ती मास्टर साहबले पनि उनीहरुलाई सहानुभूति दिँदै भन्न लागे ,"नरुनुहोस् आमा मैले तपाईहरुलाई त्यत्रो के गुण लगाएको छु र मैले त एक मान्छेले अर्को मान्छेलाई गर्ने कर्तव्य मात्र गरेको हुँ।" उनले सुन्दरीलाई राम्रो पढ्नु भनेर पनि सल्लाह दिए अनि अब रात पर्न लाग्यो म पनि घर जान्छु भनेर मास्टर साहब आफ्नो घरतर्फ लागे। त्यसपछि यता सुन्दरीका आमाछोरी पनि सुन्दरीका भोली हुने कुराका सपना बुन्दै गन्थन गर्दै खाना खाएर सुत्ने व्यवस्था मिलाई सुते। भोलिपल्टदेखि सुन्दरी ठुलो स्कुलमा पढ्न जान थालिन् र खुब मेहेनतका साथ पढ्न थालिन् र उ सधैँ परीक्षामा कक्षा फस्र्ट भएर मात्र उत्तीर्ण हुन्थिन् हुँदाहुँदा अब त्यसै स्कुलबाट प्रवेशिका परीक्षा पनि प्रथम श्रेणीमा पास गरेर त्यही आफुले पढेको स्कुलमा नै त्यहाँको व्यवस्थापन पक्षले उसको राम्रो पढाइ देखेर सोही स्कुलमा शिक्षिकामा नियुक्ति गरिदिए र आफ्नो कर्तव्य इमान्दारीका साथ निर्वाह गर्न थालिन्। एउटा स्व विवेकी मानिसले सहाराविहीन मानिसलाई सहारा दिएर उद्धार गर्दा ती दुई आमाछोरीको तक्दिर नै बदलिएर जीवनभर सदाबहार आएर सुखपूर्वक बाच्न सफल भए।

57 views0 comments

Comments


Post: Blog2_Post
bottom of page