top of page
Search
Writer's picturePrakritee Dahal

हजारौं निर्मलाहरुको पिडा


म पढ्न भनेर घरबाट स्कुलतिर जान्छु

तिमी बाटोमा मलाई हेरेर बहिनी एउटा काम छ भनेर रोक,

म सहयोगी भावमा नजिकिएर समस्या बुझ्न चाहन्छु

तिमी मेरो शरीरलाई नियाल्न थाल्छौ,

अनि तिम्रो धेरै बर्ष अघि देखिको त्यो प्यास जगाउ

हात तानेर एउटा कुनामा लैजाउ ,

वरिपरि नजर घुमाएर भुइँमा लड्ने गरि गालामा थप्पड लगाउ

म चिच्याउन खोजुँला तिमी मलाई मार्ने धम्कि दिएर चुप लगाउ,

आफ्नो इच्छा पूरा हुन्जेल लुट

तिम्रो बलले सकुन्जेल कुट,

आखिर कसले रोक्छ र तिमीलाई नाम मात्रैको कानुन भएको देशमा ?

दुई चार जना अरु साथी पनि बोलाउ हेरेर तिम्रो फोनमा ,

म तिम्रो मार्ने धम्की सम्झिदै लाचार भएर लडिरहन्छु

अनि तिम्रा साथीहरु आएर पालैपालो अब छुन्छन् मलाई ,

अनि आफ्नो पैसाको आडमा थकित साथीहरुलाई हाँस्दै भन "नडराओ केटा हो केही हुन्न तिमीहरूलाई ",

मनमा अलिकति दया भए जिउँदै छाडिदेउ मलाई

उठ्न नसक्ने भको म बरु घाँटि थिची मारिदेउ मलाई ,

पैसा छ्दैँ छ किन हुन्छौ र तिमी चिन्तामा

केटीको बाउ आमा अदालत गुहार्छन् तर अफ्सोच हुन्नौ तिमी शंकामा,

डि.एस.पि. त तिम्रो बुबाको मिल्ने साथी रे नि त!

अनि कहाँ बाट हुन्छ त डर भन्ने चीज मुटु भित्र!

म कि त समाजको कुरा सुन्न नसकेर आत्महत्या गरौंला

कि त समाजको एउटा अगुवा आएर बिदुरसगँ बिहे गर्दिने सल्लाह देला,

पैसाको अाडमा कानुनका पहरेदार किनेर फेरि येस्तै कार्य गरौला

आमा, बहिनी त सम्झ कसरी बलत्कारिको छोरा दाइ भनेको सुन्न सकौला,

तिमी मातातिर्थ औँशी सम्झ,भाइटीका सम्झ

यदि यसो गर्न पनि नसके हुनेछ आदर अनि सम्मानको ढोका सदैव तिम्रोलागी बन्द।

131 views0 comments

Comments


Post: Blog2_Post
bottom of page